एसिड आक्रमणमा परेकालाई नि:शुल्क उपचार गर्न ४ अस्पताल तोकियो

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ ३० गते १९:१५

सरकारले एसिड आक्रमणमा परेकाहरूलाई उपचार गर्नेको लागि ४ वटा डेडिकेटड अस्पताल तोकेको छ। सोमबारको मन्त्रीपरिषद्को निर्णय अनुसार आक्रमणमा परेका उपचारको लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन र किर्तिपुरको वर्न अस्पतालाई तोकेको छ।

त्यसैगरी, सरकारले एसिड आक्रमणमा परेकाहरूको नि:शुल्क उपचारको व्यवस्था गर्ने गरिएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए।

‘एसिड आक्रमणबाट आजीवन स्वास्थ्य उपचारसँग सम्बन्धित आजीवन प्रयोग गर्नु पर्ने औषधीको खर्चसमेत सरकारले व्यहोर्ने छ, ज्ञवालीले भने, ‘यसको सहजिकरण एवं संयोजन स्वास्थ्य तथा जनसंखया मन्त्रालय गर्ने छ।’

एसिड आक्रमणविरुद्ध जागरण अभिवृद्धि गर्न प्रत्येक वर्षको भदौ २५ गतेलाई एसिड आक्रमणविरुद्धको जागरण दिवसको रुपमा मनाउने निर्णय भएको ज्ञवालीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय