काठमाडौंमा ठूलो क्षति भइरहेको छ, संक्रमणबाट बा’आमा जोगाउनुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं उपत्यका तथा ठूलो शहरमा कोरोनाको संक्रमण दर बढिरहेको छ। जसका कारण संक्रमण दर सँगै मृत्यु हुने संख्या पनि बढिरहेको छ।

हालसम्म भएको संक्रमणबाट अधिंकास ६० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वृद्धवृद्धा तथा दीर्धरोगी बिरामीलाई संक्रमणबाट जोगाउनको लागि परिवारका सदस्यले विशेष ध्यान दिनुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाले ठूलाे क्षति निम्ताइरहेको डा. गौतमले बताए।

‘अहिले सम्म कोरोना संक्रमणबाट धेरैजसो ६० वर्षभन्दा माथिको मृत्यु भएको छ, डा. गौतमले भने, ‘बाआमालाई जोगाउने हाम्रो कर्तव्य हो।’

अनावश्यक रूपमा नारा, जुलस, गोष्ठी, सभा नगर्ने केही महिनादेखि निरन्तर रूपमा कोरोना अपटेड मार्फत भन्दै आएको डा. गौतमले बताए।

‘यस्ता कार्य नगर्नेको लागि बारम्बार आग्रह गर्दै आएको थिए। जसका कारण काठमाडौंमा लगायतका ठुला शहरमा धेरै ठुलो क्षती भइरहेको छ,‘ डा. गौतमले भने,‘ मैले भनेको कुरा गल्ती ठहर भएको भए म धेरै खुसी हुन्थ्ये। तर, आज सत्य ठहरिएको छ।’

रोगसँग लड्ने क्षमता कम भएका बिरामी तथा वृद्धवृद्धलाई रेखदेख गर्नेको लागि आग्रह गरे।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना गरि ६७६ जनामा कोरोना पुष्टि भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय