कोरोनाबाट थप ११ जनाको मृत्यु, कूल मृतक संख्या ३७१

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन जिल्लामा ११ जनाले ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा सर्लाहीका एकजना, सिराहाका एकजना, बाराका दुईजना, बाठमाडौंका चारजना, मकवानपुरका एकजना, रुपन्देहीका एकजना र कपिलबस्तुका एकजना रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ३ सय ७१ पुगेको छ। यो कूल संक्रमित मध्ये ज्यान गुमाउने ०.६५ प्रतिशत हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय