काठमाडौंमा उपत्यकामा थप ६७६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार काठमाडौंमा ५ सय ५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना गरि ६७६ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्ला दिनमा काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दो छ। मंगलबार देशभर देशभर १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज थपिएका सँगै संक्रमित संख्या ५५ हजार ३ सय २९ पुगेको छ। १५ हजार ७ सय ७९ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ६ सय ४० जना रहेको डा. गौतमले बताए।

डा. गौतमका अनुसार आज ७ हजार २ सय ५० जना क्वारेन्टाइनमा रहेका छन।

गत २४ घन्टामा १ हजार ६२ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ४० हजार ६ सय ३८ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७१.५ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय