२४ घन्टामा थप १४५९ जनामा कोरोना, १०६२ संक्रमित निको भए

पछिल्लो २४ घन्टामा देशभर १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५६ हजार ७ सय ८८ पुगेको बताए।

मंगलबार देशभर १५ हजार ७ सय ७९ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ६ सय ४० जना रहेका छन।

डा. गौतमका अनुसार आज ७ हजार २ सय ५० जना क्वारेन्टाइनमा रहेका छन।

गत २४ घन्टामा १ हजार ६२ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ४० हजार ६ सय ३८ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७१.५ प्रतिशत रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय