पोखराका ७० वर्षे संक्रमितको मृत्यु

पोखरा – पोखरामा मंगलबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

पोखरा महानगरपालिका ९ का ७० वर्षे पुरुषको सोमबार राति मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

भदौ २५ मा अस्पताल भर्ना भएका ती वृद्धमा भदौ २८ मा कोरोना पुष्टि भएको थियो। उनी क्यान्सरका बिरामी थिए।

योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिकाका आठबाहेक बाँकी दुईजना अन्नपूर्ण र मादी गाउँपालिकाका हुन्।

प्रदेशभर मृतकको संख्या ३१ पुगेको छ। मृत्यु हुनेमा कास्कीका १०, गोरखाका ६, नवलपुरका पाँच, तनहुँका चार, स्याङ्जाका तीन,

बागलुङ, म्याग्दी र लमजुङका एक÷एक जना छन्।

गण्डकीमा कोरोना संक्रमितको संख्या ३१ सय १६ पुगेको छ। तीमध्ये १८ सय ९५ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय