गण्डकीमा आज ४७ संक्रमित थपिए, मृत्यु हुने स‌ंख्या ३० पुग्यो

पाेखरा- गण्डकी प्रदेशमा मंगलबार कोरोना भाइरसका ४७ संक्रमित थपिएका छन्।

पोखरा र चितवनमा गरिएको परीक्षणमा ७ जिल्लाका ४७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

कोरोना पुष्टि हुनेमा नवलपुरका २०, स्याङ्जाका १२, तनहुँका ९, कास्कीका ३, गोरखा, लमजुङ र मनाङका १-१ जना छन्। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १२ पुगेको छ। त्यसमध्ये १८ सय ९५ जना निको भएका छन्।

थप एक संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ की ६३ वर्षीया संक्रमित महिलाको मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो।

ती महिलाको काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालमा सोमबार मृत्यु भएको निर्देशक शर्माले जानकारी दिए।

क्यान्सर रोगी उनमा २५ भदौमा कोरोना पुष्टि भएको थियो। मृत्यु हुनेमा कास्कीका ९, गोरखाका ६, नवलपुरका पाँच, तनहुँका चार, स्याङ्जाका तीन, बागलुङ, म्याग्दी र लमजुङका एक-एक जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय