महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण

ललितपुर महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

श्रेष्ठले आज बिहान सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन्।

उनी कोरोना नियन्त्रण तथा रोकथामको लागि संक्रिय रूपमा लागिपरेका थिए। नगरबासीलाई कोरोना जितेर निरन्तर अभियानमा जुट्ने आश्वासन समेत दिएका छन्।

‘कोरोना भाइरसलाइ हाम्रो नगरमा फैलिन नदिन , नियन्त्रण र रोकथाम गरी नगरबासीहरुलाई सुरक्षित राख्न निरन्तर रुपमा खटिरहँदा म आफै कोरोना भाइरसबाट संक्रमित भई हाल उपचारमा रहेको छु, मेयर श्रेष्ठले भनेका छन्,‘यो रोगलाइ छिटै जितेर पुन नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने छु।’

सम्पर्कमा आएका सबैले एकपटक परीक्षण गर्न समेत श्रेष्ठले अनुरोध गरेका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय