सिद्धि स्मृति अस्पतालका २१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

भक्तपुरमा थप २१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

भक्तपुरको सिद्धि स्मृति अस्पतालमा कार्यरत २१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

बिहीबार ३९ जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरी परीक्षणको पठाएकोमा २१ जनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका निर्देशक श्याम सुन्दर धौभडेले बताए।

उनका अनुसार ठुलो संख्यामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आइतबारदेखि अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको छ।

संक्रमित मध्ये १८ जना खरिपाटीको आइसोलेसनमा सेन्टरमा र ३ जना होम आइसोलेसनमा बसेको धौभडेलले बताए।

हाल सबै संक्रमितको अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ।

हालसम्म देशभर ६ सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय