बिपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति संक्रमित, सेल्फ आइसाेलेसनमा

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

कोरोनाका सामान्य लक्षण देखिएपछि गिरीले प्रतिष्ठानमा पिसिआर परीक्षण गराएका थिए। उनले आफूलाई सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन्।

गिरीले अहिले आफूलाई कुुनै खास लक्षण नदेखिएको र सामान्य अवस्थामै निवासमा सेल्फ आइसोलेसनमा रहेको जनाएका छन्।

उनले कोभिड १९ रोकथाम तथा व्यवस्थापनमा जुटिरहेका बेला कार्यालयमा कोरोना सरेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

गिरीले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई स्वाब परीक्षण गर्न आग्रह गरेका छन्। साथै उनले केही दिन आफू घरैबाट कार्यालयका कामहरू गर्ने जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय