वीरगन्जमा आज थप २६ जना काेराेना संक्रमित

हेल्थपोस्ट/वीरगन्ज
प्रकाशित
२०७७ भदौ ३० गते ९:३५

वीरगन्ज-  थप २६ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसीआर परीक्षणमा बारा र रौतहटका २६ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा २ जना महिला र २४ जना पुरुष रहेका नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए। उनका अनुसार थपिएका संक्रममितमध्ये बाराका ३ जना र २३ जना संक्रमित रौतहटका बासिन्दा हुन्।

रौतहट गरुडास्थित राष्ट्रिय वाणिज्य बैंकका चार जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ भने गुरुडाकै सिभिल बैंकका ४ जना कर्मचारी पनि संक्रमित भएका छन्। सशस्त्र प्रहरी हजमिनियाका दुई जना र गरुडा इलाका प्रहरी कार्यालयमा एक जना संक्रमित थपिएका छन्।

माधवनारायण नगरपालिका–३ र वडा ४ मा एक-एक जनामा कोरोना देखिएको छ भने चन्द्रपुर नगरपालिका-६ मा एक जनामा कोरोना पुष्टि भएको छ।

गरुडा नगरपालिकाको विभिन्न वडामा ९ जना संक्रमित थपिएका छन् । यता बारामा थपिएका संक्रमितमध्ये प्रसौनि गाउपालिका वडा न. २ का १ जना, जितपुर सिमारा उपमहानगरपालिका वडा न. १२ का १ जना र वडा न. ४ का १ जना रहेका छन्।

सोमबार प्रयोगशालामा कुल २ सय ९० जनाको स्वाब परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय