सरकार! स्वास्थ्यकर्मीले मात्रै कति धैर्य गर्ने?

मलाई एकजना उच्चपदस्थ सुरक्षा अधिकारीले सोध्नुभयो– ‘ए भट्टभाइ, के छ तपाईहरूको अवस्था, कहिलेसम्म नियन्त्रणमा आउला जस्तो छ कोरोना महामारी?’

मैले आफ्नै शैलीमा जवाफ दिएँ– ‘सर जनयुद्धको बखत हजुरहरूजस्तो अवस्था हुन्थ्यो, त्योभन्दा अन्योलको अवस्था छ अहिले हाम्रो।’

‘अधिकांश अवस्थामा रोगले लक्षणबिना नै हामी अनि समाजलाई आक्रमण गर्दै छ अनि हामी झन् अलमलमा छौं।’
केही संवादपछि हामी छुट्टियौं।
…..
नेपालमा कोरोनाको पहिलो संक्रमणपछि स्वास्थ्यकर्मीलाई अग्रपंक्तिमा राखियो।

यो युद्धमा होमिन आह्वान गरियो। मानव जीवनमा आफ्नो सम्पूर्ण जीवन उत्सर्ग गर्ने भनेर सेवामा समर्पित भएका स्वास्थ्यकर्मीहरू यो कुरालाई आफ्नो जीवनको ठूलो योगदानको रूपमा लिएर यस कार्यमा निसर्त खटिए।

मैले यो भनाइ राख्दासम्म ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्।

चाहे त्यो परीक्षण होस् खोजपड्ताल होस् वा क्वारेन्टाइन व्यवस्थापन या आइसोलेसनको अवस्था यसका विभिन्न कारण हुनसक्छन् जसमध्ये विभिन्न तहका सरकारको नीति, ती सरकारमा भएको जनशक्तिको अवस्था वा औजार उपकरणको अवस्था।

विश्वका विभिन्न देशको कोरोना रोकथाम तथा नियन्त्रणको नीति हेर्ने हो भने फरक फरक गरेको हामी अध्ययन गर्न सक्छाैं। नेपालमा सुरुको अवस्थादेखि अहिलेसम्म हेर्ने हो भने हामीले सम्पूर्ण तह र तप्कामा एकनासको अभ्यास भएको देखिँदैन।

चाहे त्यो परीक्षण होस् खोजपड्ताल होस् वा क्वारेन्टाइन व्यवस्थापन या आइसोलेसनको अवस्था यसका विभिन्न कारण हुनसक्छन् जसमध्ये विभिन्न तहका सरकारको नीति, ती सरकारमा भएको जनशक्तिको अवस्था वा औजार उपकरणको अवस्था।

हुन त संघीय सरकारले कोरोनासम्बन्धी विभिन्न निर्देशिका र प्रोटोकल ननिकालेको हैन तर दुर्भाग्य एउटा प्रोटोकल वा निर्देशिका प्रभावकारी काम गरे नगरेको यकिन गर्न अझै संयन्त्र व्यवस्थित देखिँदैन।

अहिले अन्य देशको अभ्यास हेर्ने भने कोरोना नियन्त्रणमा एकरुपता भएका देशमा कोरोना नियन्त्रण चाँडै भएको देखिन्छ । उदाहरणको लागि न्युजिल्यान्डलाई लिन सक्छौं।

तर अहिले नेपालको उदाहरण हेर्ने हो भने मोडालिटीमा एकरुपता देखिँदैन तथ्यांकअनुसार अझै पनि नेपालमा कोरोनाको संक्रमण उच्च बिन्दुमा पुगिसक्यो र सो बिस्तारै घट्ने क्रममा छ भन्ने यथेस्ट प्रमाण छैन।

स्वास्थ्यमा काम गर्ने कर्मचारीको पहिलाको तुलनामा अझै सेवाभावमा कमी भएको देखिँदैन। यसको उदाहरण आफै आइसोलेसनमा बसेका स्वास्थ्यकर्मीले अन्य बिरामीको उपचार गरेको तमाम उदाहरण हाम्रो अगाडि छ।

ती सेवाभावले काम गरेका स्वास्थ्यकर्मीलाई राज्यले दिएका सुविधाको बारेमा कुरा गरौं। तिनै स्वास्थ्यकर्मीलाई पटक–पटक सामाजिक बहिष्कार हुँदा होस् वा आफ्नो कर्तव्यपालनको सिलसिलामा भएका घटना हुन् ती सबैमा सरोकारवाला निकाय मूकदर्शक भएको देखिन्छ। के यही हो स्वास्थ्यकर्मीले आफ्ना अभिभावकबाट खोजेको? बिमाको कुरा पटक पटक सुनिए पनि अहिलेसम्म अधिकांश स्वास्थ्यकर्मी को बिमा कुन निकायमा भएको छ त्यसबारे थाहा छैन।

अग्रमोर्चामा लडिरहेका स्वास्थ्यकर्मीमाथि सरकारको व्यवहार उनीहरूलाई प्रोत्साहन गर्ने खालको छैन।

जोखिमभत्तामा सरोकारवाला गम्भीर नहुदा प्रायः स्वास्थ्यकर्मी यो सुविधाबाट वन्चित छन्। के यही हो यो अवस्थामा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने तरिका? यो प्रश्न अहिले सम्पूर्ण स्वास्थ्यकर्मी प्रतिबिम्वित हो।

स्वास्थ्यकर्मी बिरामी हुँदा कम्तीमा केही आइसोलेसनको व्यवस्था होस् साथै दुर्गम स्थानमा काम गर्ने स्वास्थ्यकर्मीलाई कुनै स्वास्थ्यमा आकस्मिक समस्या देखिएमा उनीहरूलाई प्राथमिकतामा राखी उद्दार गरि सुविधा भएको स्थानमा पुर्याउने व्यवस्था मिलाइयोस्।

स्वास्थ्यकर्मीलाई पटक–पटक सामाजिक बहिष्कार हुँदा होस् वा आफ्नो कर्तव्यपालनको सिलसिलामा भएका घटना हुन् ती सबैमा सरोकारवाला निकाय मूकदर्शक भएको देखिन्छ। के यही हो स्वास्थ्यकर्मीले आफ्ना अभिभावकबाट खोजेको? बिमाको कुरा पटक पटक सुनिए पनि अहिलेसम्म अधिकांश स्वास्थ्यकर्मी को बिमा कुन निकायमा भएको छ त्यसबारे थाहा छैन।

अबको अवस्था झन् भयावह हुने तथ्यांकले देखाउँदै छ तर यसमा प्रत्यक्ष काम गरिरहेका स्वास्थ्यकर्मीलाई सरोकारवालाबाट बिना कन्जुस्याँइ प्रोत्साहन आवश्यक छ।

कि, सधैं धैर्यताको परीक्षण स्वास्थ्यकर्मीले मात्रै दिनुपर्ने हो? साथै केही समयलाई स्वास्थ्यको गम्भीर्यता ध्यानमा राखी साथै देशभरि नै रोग नियन्त्रणमा एकरुपता ल्याउन संघीय सरकारमातहत स्वास्थ्यलाई राख्न थुप्रै आधार देखिन्छ। तर कमी छ त केवल सरोकारवालाको इच्छाशक्तिको।

सरकारले यसपटक लकडाउन फेरि खोलेको छ, तथ्यांक आधार मान्ने हो भने लकडाउनको बखतमा संक्रमितको सम्पर्कमा आएका व्यक्तिको संख्या सरदार ३ देखि ४ जना छ भने सो नहुँदाको बखतमा सरदर ११ देखि १२ जना देखिन्छ। त्यसैले अब सम्पूर्ण व्यक्तिले सुरक्षाको उपाय अबलम्बन गर्नुपर्ने देखिन्छ, जसले गर्दा रोग सर्ने दरमा कमी आओस्।

करिब ८ महिनायता अधिकांश स्वास्थ्यकर्मीले आफ्नो दिनचर्या स्वास्थ्य संस्था र अस्पतालमै बिताइरहेका छन्। हालको कठिन परिस्थितिमा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न राज्यले थप प्रोत्साहन दिनु आवश्यक छ।

साथै यस असहज परिस्थितिमा स्वास्थ्यकर्मीले जनताको सेवामा खटिनुपरेको यथार्थ सर्वविदितै हुँदा समेत स्वास्थ्यकर्मीमाथि हातपात गर्ने, दुर्व्यवहार गर्ने जस्ता अमानवीय व्यवहारले निरुत्साहित बनाएको छ।

कोभिड १९ महामारीसँगै अन्य कार्यक्रममा समेत यसको प्रत्यक्ष प्रभाव परिरहेको छ। यस विषयलाई समेत विभिन्न गैरसरकारी संस्था र सरकार स्वयंले प्राथमिकतामा राखी कार्यक्रमको निरन्तरताका लागि रणनीति तय गर्नुपर्ने देखिन्छ।

बाल स्वास्थ्य, मातृ स्वास्थ्य, परिवार नियोजन तथा प्रजनन स्वास्थ्यमा कोभिड–१९ रोगले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ। साथै मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पुगेको छ।

अतः कोभिड १९ महामारीसँगै हामीले आफ्नो दिनचर्या परिवर्तन गर्न जरुरी छ। जनस्वास्थ्यका आधारभूत मापदण्डको पालना गर्दै दैनिकी यथावत् राख्न नसके झन् भयावह अवस्था नआउला भन्न सकिन्न। यसबारे समेत राज्यको विशेष ध्यान जाओस्।

One thought on “सरकार! स्वास्थ्यकर्मीले मात्रै कति धैर्य गर्ने?

  1. के को प्रोत्साहित गर्थ्यौ सरकार ले समयमै गर्नुपर्ने स्वास्थ्यकर्मी हरूको स्तरवृद्धि लाई त महिनौ वर्ष लगाउँछ, स्वास्थ्यकर्मी हरूलाई आफ्नो स्वास्थ्य सेवा विभाग ले नै सौतेलो ब्यबहार गर्दछ भने, सरकार को त कुरै छाडम,
    विभाग का प्रशासनिक कर्मचारी हरू TADA खान लाई नै दौडधूप छ, अनि स्वास्थ्यकर्मी हरूको नियमअनुसार हुने कामको उनीहरू लाई के मतलब हुन्थ्यो र,
    यस्ता कर्मचारी हरूको कार्य सम्पादन मूल्याङ्कन मा 100/100% हुन्छ,
    हामीले जे गरे नि हुन्छ भन्ने सोचाइ छ विभाग मा बसेका कर्मचारी हरूको, त्यसैले स्वास्थ्य सेवा विभाग खारेज गरे हुन्छ यस को कुनै पनि काम छैन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय