नर्सहरू पाउनु पर्ने सेवा–सुविधा दिलाएरै छोड्छौं : नर्सिङ संघ

नेपाल नर्सिङ संघले नर्सहरूको समस्या समधान गर्न सरकारसँग निरन्तर पहल गरिएको जनाएको छ।

केहि दिन अगाडी नर्सहरूले कोरोना महामारी सँग लड्दै गर्दा विभिन्न समस्या आइपरेको भन्दै संघलाई ज्ञापन पत्र समेत बुझाएका थिए।

नर्सहरूले जोखिम भत्ता उपलब्ध हुनुपर्ने, रात्रीकालीन र लुगा भत्ता व्यवस्था, नर्स र बिरामीको अनुपात, सरकारी सरह तलव सुविधा, सुत्केरी बिदा जस्ता माग राखेका थिए।

सो ज्ञापन पत्र भएका केही विषयप्रति संघको ध्यानकर्षण भएको जनाएको छ।

देशमा कोरोना संक्रमण फैलिँदै गर्दा विभिन्न निजी तथा सामुदायिक अस्पतालले नर्सलाई निकाल्ने, बेतलबी विदा र तलव सुविधा समेत काट्ने गरेका छन्।

संघले नर्सहरूलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायसँग पहल गरिरहेको र भविष्यमा पनि निरन्तर गरिरहने प्रतिबद्धता जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय