निजी प्रयोगशाला सञ्चालकले भने- २ हजारमा पिसिआर परीक्षण गर्न सकिन्न

हेल्थपाेस्ट/काठमाडाै‌ं
प्रकाशित
२०७७ भदौ २९ गते १७:१२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण सबै प्रयोगशालाले सबै शुल्कसहित अधिकतम २ हजार रुपैयाँ ताेकिएकाे प्रति निजी अस्पतालहरूले नमान्ने भएकाे छ।

मन्त्रालयले आइतबार सूचना जारी गर्दै कोभिड परीक्षण गर्ने प्रयोगशाला तथा अस्पताललाई उक्त निर्देशन दिएको थियाे।

निजी प्रयोगशालाहरुले सोमबार संयुक्त विज्ञप्ति निकालेर उक्त शुल्कमा कोरोना संक्रमितको पिसिआर परीक्षण गर्न नसकिने जनाएको छ।

मन्त्रालयले आफूहरुसँग कुनै सल्लाह नगरी २ हजार शुल्क तोकिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हेम्स अस्पतालको नेतृत्वमा स्टार, बीएन्डबी, मेडिसिटी, सेन्टर डाइग्नोस्टिक, सौर्य, विथ ल्याब, सिएमसी, एनपीएल बुटवलगायतका निजी अस्पतालका प्रयाेगशालाले सरकार उक्त निर्णयप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा विश्वव्यापी गोल्ड स्ट्यान्डर्ड परीक्षण विधिको रुपमा प्रयोग गरिँदै आएको रियल टाइम पिसिआरको परीक्षण विधि, किट,

मेसिन, प्राविधिक व्यक्तिहरुको तलब, पिपिईलगायत अन्य आवश्यक सामग्रीहरुको मूल्य नै २ हजार भन्दा बढी पर्ने भएकाले त्यति शुल्कमा परीक्षण गर्नु असम्भव भएको जनाइएको छ।

पुरानै शुल्कमा कोरोना परीक्षणका व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरिएको छ।

निजी प्रयाेगशालाहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने जनाएकाे छ।

सरकारले सुरुवाती चरणमा पिसिआर परीक्षणको लागि ५ हजार ५ सय शुल्क लिनको लागि निर्देशन दिएको थियो। त्यसपछि रिएजेन्टको मूल्य घटेको भन्दै ४ हजार ४ सय मा परीक्षण गर्ने सकिने व्यवस्था मिलाएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय