कोरोना संक्रमणबाट मृत्यु हुने हालसम्मकै उच्च संख्या, सोमबार १५ जना थपिए

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ।

आज थपिएका सो संख्या हालसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ३ सय ६० पुगेको छ।

सोमबार ९ वटा जिल्लाका १५ जना संक्रमितको मृत्यु भएको हो। जसमध्ये १० पुरुष र ५ महिला रहेका छन्।

काठमाडौं उपत्यकामा मात्रै ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा काठमाडौंमा ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुष र ६१ वर्षिय महिला रहेका छन्। ललितपुरमा ५५, भक्तपुरमा ७३ वर्षका पुरुषको मृत्यु भएको छ।

त्यसैगरी, मोरङमा ४० र ७० वर्षीय पुरुष, रामेछापमा २३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै, गोरखाका ६३, नवलपरासीका ६२, पर्साका ५५ र कपिलवस्तुकी ४७ वर्षीय महिलाको मृत्यु भएको छ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय