काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ५ सय १२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ४४०, भक्तपुरमा ४३, ललितपुरमा २९ जनामा संक्रमण देखिएको बताए।

हालसम्म काठमाडौंमा ९ हजार ५ सय ८६, ललितपुरमा १ हजार १ सय ६२ र भक्तपुरमा ९ सय ८८ जनामा संक्रमण देखिसकेको छ।

सोमबार देशभर थप १ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म नेपालमा ५५ हजार ३ सय २९ जनामा संक्रमण पुष्टि भइसकेको छ।

आज मात्रै कोरोनाबाट १५ जनाको मृत्यु भएको छ। यो सँगै ३ सय ६० जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय