देशभर थप १ हजार १७० जनामा कोरोना, संक्रमित संख्या ५५ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५५ हजार ३ सय २९ पुगेको बताए।

सोमबार देशभर १५ हजार ३ सय ९३ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार २ सय ७५ जना रहेका छन।

डा. गौतमका अनुसार आज ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन।

गत २४ घन्टामा ८ सय ८९ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ३९ हजार ५ सय ७६ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७१.५ प्रतिशत रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय