थिमि मध्यपुरका दुई संक्रमित पुरुषको आज मृत्यु

भक्तपुर- कोरोना भाइरसका संक्रमित दुई जनाको सोमबार मृत्यु भएको छ। मृत्यु हुने दुवैजना मध्यपुर थिमी नगरपालिकाका रहेको जनाइएको छ।

मध्यपुर थिमि नगरपालिका ५ का ७७ वर्षे पुरुष र वडा ७ का ८१ वर्षे पुरुषको मृत्यु भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी गराएका छन्।

वडा ५ का पुरुषको मुटुको अपरेशन गर्नुअघि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको र अपरेशनपछि आज सोमबार बिहान उनले मृत्यु भएको नगरप्रमुख श्रेष्ठले बताए।

ती पुरुषमा ४ दिनअघि भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै वडा नं ७ का पुरुषको ८ दिनअघि गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित भएपछि होम आइसोलेसनमा बसिरहेका उनको स्वास्थ्य अवस्था जटिल भएसँगै मेघा अस्पतालमा लगिएको थियो।

तर उक्त अस्पतालमा भेन्टिलेटर नभएपछि ग्रान्डी अस्पतालमा रेफर गरिएको र अस्पताल पुग्नुअगावै बाटोमै उनको मृत्यु भएको नगरप्रमुख श्रेष्ठले जानकारी गराए।

यो सँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय