कोरोना परीक्षणको दायरा घटाउने सरकारको निर्णय, निःशुल्क परीक्षण रोकियो

कोरोना महामारी बढ्दै गएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएका प्रोफेसनल र विपन्नकोबाहेक कोरोना परीक्षण निशुल्क नगर्ने निर्णय गरेको छ ।

महामारीसँगै ठूलो संख्यामा कन्ट्रयांक ट्रेसिङ र टेष्टिङ बढाएर रोगको फैलिन दर रोक्न विज्ञहरुले सुझाब दिइरहेको अवस्थामा सरकारले अब लक्षण नदेखिएका कसैको पनि निर्देशिकाअनुसार परीक्षण नगर्ने नीति लिएको छ ।

विज्ञहरुले यो नीतिलाई पूर्ण गलत भनेका छन् ।

४ हजार ४०० मुल्य घटाएर २ हजार कायम गरेको दिनबाटै मन्त्रालयले सरकारले गर्दै आएको परीक्षणसमेत निःशुल्क नहुने घोषणा गरेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतमा बसेको बैठकलेले यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले परीक्षण, क्वारेन्टाइन, उपचार, आइसोलेसनलगायतका विषयमा १२ बुँदे निर्णय गरेको छ ।

मन्त्रालयले अग्रपक्तिमा (उपचारमा) खटिने स्वास्थ्यकर्मीमा पनि लक्षण देखिएको अवस्थामा, पिपिई राम्रोसँग नलाएको शंका लागेमा मात्रै निःशुल्क परीक्षण गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय