बाँकेमा कोरोना जित्नेको संख्या १ हजार नाघ्यो

बाँकेबाट आज सोमबार ४० जना कोरोना संक्रमित निको भएका छन्।

विभिन्न आइसोलेसन केन्द्रमा बसेका १६ महिला र २४ पुरुषलाई डिस्चार्ज गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए

योसँगै बाँकेमा कोरोना जित्नेको संख्या १ हजार नाघेको छ। स्वास्थ्य फोकल पर्सन श्रेष्ठका अनुसार सोमबार डिस्चार्ज हुने ४० जनासँगै हालसम्म १ हजार ३६ जना संक्रमित डिस्चार्ज भएर भइसकेका छन्।

विभिन्न आइसोलेसन केन्द्रमा ३ सय ९६ जना संक्रमित उपचाररत छन्। बाँके जिल्लामा पुष्टि भएका जम्मा संक्रमित संख्या १ हजार ४ सय ४० रहेको छ भने भने ४ पुरुष र ४ महिलाको कोरोनाका कारण मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय