क्याप्टेन विजय लामालाई कोरोना, होटल सोल्टीमा आइसोलेसनमा

हेल्थपोस्ट नेपाल

नेपाल वायुसेवा निगमको वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनीसँगै जहाज उडाएका भारतीय मूलका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि भाइरस संक्रमण पुष्टि भएको छ।

क्याप्टेन लामा र कोल्हात्करले तीन दिनअघि शान्ति मिसनमा खटिएकाे नेपाली सेनाकाे टाेलीलाई निगमको २७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजको वाइड बडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

निगमका स्रोतका अनुसार काठमाडौंबाट जाँदा २ सय ५० र उताबाट फर्कंदा पनि २ सय ५० हाराहारी नेपाली सेना जहाजमा सवार थिए।

काठमाडौं फर्किएपछि क्याप्टेन लामा र कोल्हात्करसहित सबै क्रु मेम्बरको हिजो आइतबार पिसिआर परीक्षण गरिएको थियो।

पिसिआर रिपोर्ट पोजिटिभ आएपछि क्याप्टेन लामा र कोल्हात्कर अहिले काठमाडौं सोल्टीमोडस्थित पाँचतारे होटल सोल्टीमा आइसोलेसनमा बसिरहेका छन्।

क्याप्टेन लामासँगै सोल्टीमा रहेका एक क्रु मेम्बरले दुवै क्याप्टेनलाई कोरोना भाइरसको गम्भीर लक्षण नदेखिए पनि अलिअलि टाउको दुख्ने र जीउ दुख्ने भइरहेको हेल्थपाेस्टलाई बताए।



Leave a Reply

Your email address will not be published.