पिसिआर परीक्षण घटाउने सरकारी निर्णय निजी प्रयोगशालाले मानेन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण सबै प्रयोगशालाले सबै शुल्कसहित अधिकतम दुई हजार लिनको लागि निर्देशन दिएको छ।

मन्त्रालयले मगंलबार एक सूचना जारी गर्दै कोभिड परीक्षण गर्ने प्रयोगशाला तथा अस्पताललाई सो निर्देशन दिएको हो।

सरकारले सुरुवाती चरणमा पिसिआर परीक्षणको लागि ५ हजार ५ सय शुल्क लिनको लागि निर्देशन दिएको थियो। त्यसपछि रिएजेन्टको मूल्य घटेको भन्दै ४ हजार ४ सय मा परीक्षण गर्ने सकिने व्यवस्था मिलाएको थियो।

आइतबार   मन्त्रालयको कोरोना बिफ्रिङमा डा. जागेश्वर गौतमले विश्वमा नै रिएजेन्टको मूल्य घटेको भन्दै सबै प्रयोगशाला तथा अस्पतालाई २ हजारमा नै परीक्षण गर्नको लागि अनुरोध गरेका थिए।

हालसम्म देशभर ४७ वटा सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ।

तर, सरकारको सो निर्देशनलाई निजि अस्पतालल तथा प्रयोगशालाले आनकानी गरेका छन्। सरकारले निर्देशन दिएपनि  निजी अस्पताल तथा प्रयोगशालाले ४ हजार ४ सय रुपँया लिई परीक्षण गरिएको पाइएको छ।

रिएजेन्ट मूल्य मात्र घटेको भएपनि भिटिएम तथा फन्टलाइनमा काम गर्ने व्यक्तिको सुरक्षा–सामग्री जोडिने र कोरोना परीक्षणको लागि भनेर जोडिएको मोलिक्युर ल्याबको सेटअप पनि खर्च जोडिने भन्दै सरकारले तोकेको शुल्कमा गर्न नसकिने निजी प्रयोगशालाले जनाउँदै आएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय