काठमाडौंमा मात्रै १८२१ संक्रमित अस्पतालमा, १ सय १ आइसियु र १७ भेन्टिलेटरमा (कुन अस्पतालका कति?)

समुदायस्तरमा कोरोना फैलिएसँगै कोरोना भाइरस डिजिज (कोभिड १९) को जटिलता बढ्दै गएको छ ।

प्रत्येक दिन ५ सय हाराहारीमा संक्रमित थपिइरहेको उपत्यकामा मात्रै अहिले १ हजार ८ सय २१ जना लक्षण देखिएका बिरामी विभिन्न अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।

यीमध्ये १०७ जना नयाँ संक्रमित हुन् ।

सरकारले उपत्यकाभित्र आइसोलेसन तथा उपचारका लागि छुट्याएको २० संस्थामा १ हजार ७ सय जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये १ सय १ जना आइसियु र १९ जना भेन्टिलेटरमा छन् ।

शुक्रराजमा १६, वीरेन्द्र अस्पताल १३, वीरमा १० र मेघा अस्पतालमा १२ जना आइसियुमा छन् ।

मन्त्रालयको तथ्यांकअनुसार संक्रमितमध्ये सबैभन्दा बढी जटिल अवस्थाका संक्रमित सबैभन्दा बढी शुक्रराज ट्रपिकल अस्पताल, वीरेन्द्र र मेघा अस्पतालमा छन् ।

मन्त्रालयका अनुसार शुक्रराजमा १६, वीरेन्द्र अस्पताल १३, वीरमा १० र मेघा अस्पतालमा १२ जना आइसियुमा छन् ।

त्यसैगरी शुक्रराज अस्पतालमा ४ जना, पाटन अस्पतालमा ४, ग्रान्डीमा ५ र वीरमा ३ जना भेन्टिलेटरमा छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३९ संक्रमित थपिएकोमा काठमाडौं जिल्लाभित्र मात्रै ४८३ थपिएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ३९ संक्रमित थपिएकोमा काठमाडौ जिल्लाभित्र मात्रै ४८३ थपिएका छन् ।

उपत्यकामा हालसम्म ११७३६ संक्रमित भइसकेका छन् । जसमा काठमाडौमा ९५८६, भक्तपुरमा ९८८ र ललितपुरमा ११६२ संक्रमित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय