स्वास्थ्यकर्मीको सम्मानका लागि असोज १ गते दीप प्रज्वलन

 

सरकारले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मान स्वरुप दीप प्रज्वलन गर्न अपिल गरेको छ।

स्वास्थ्य मन्त्रालयका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले स्वास्थ्यकर्मीको सम्मान, संक्रमित बिरामीको स्वास्थ्य लाभको कामना र मृत्यु भएको व्यक्तिको सम्झनामा दीप प्रज्वलन गर्न लागेको बताए।

सरकारले असोज १ गते माइतीघर मण्डलामा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मान स्वरुप दिप प्रज्वलन गर्ने, संक्रमित व्यक्तिको स्वास्थ्य लाभ गर्ने र संक्रमणबाट मृत्यु हुने व्यक्तिको सम्झनामा १ मिनेट मौन धारण गर्ने कार्यक्रम रहेको उनले बताए।

सरकारले असोज १ गते बेलुकी ८ बजे देशभर नै स्वास्थ्यकर्मीको मनोबल बढाउनको लागि दीपावली गर्न समेत आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय