कोरोना नियन्त्रणमा भक्तपुरे मोडल– संघबाट सिकाई, स्थानीय अभ्यास

बढ्दो कोरोना कहरको पछिल्लो इपिसेन्टर काठमाडौं उपत्यका बनिरहेको छ । कोरोना रोकथामका लागि केन्द्र सरकारको एकीकृत प्रयाससँगै भक्तपुर नगरपालिकाले केही विशिष्ठ अभ्यास गरिरहेको छ ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको तीन साता लामो निषेधाज्ञा खुकुलो पारेपनि भक्तपुर नगर क्षेत्रमा अझै सार्वजनिक यातायात चलेको छैन् ।
किन यस्तो त ?

कुनै महामारी होस् या सामान्य अवस्थामा सामाजिक क्षेत्रका सुधार प्रयासमा भक्तपुर सधै पृथक छ ।

यसपटक पनि भक्तपुरले कोरोना महामारीका नियन्त्रणका सन्दर्भमा यस्तै प्रयास गरिरहेको छ ।

केन्द्रीय सरकारको गतिविधिबाट सिक्ने, स्थानीय आवश्यकताका आधारमा रणनीति बनाउँने ।

जसका पछिल्लो उदाहण निषेधाज्ञाको चौतर्फीविरोध पनि उपत्यकाका जिल्ला प्रशासन कार्यलयले खुकुलो पारे ।

तर भक्तपुरसम्म पुग्ने यातायात व्यवसायीसँग समन्वय गरेर भत्तपुर नगरले त्यसलाई रोक्यो ।

नगरपालिकाका शिक्षा, स्वास्थ्यका संयोजकको समेत जिम्मेवारीमा रहेका नगर प्रमुख सुनिल प्रजापतीले संघ सरकारले निषेधाज्ञा खुकुलो बनाए तापनि भक्तपुरसम्म आउँने यातायात बन्दै रहेको जानकारी दिए ।

‘ललितपुरसहित काठमाडौंका गोंगबु, चावहिल, रत्नपार्क र कलंकीबाट भक्तपुर चल्ने यातायात व्यवसायीहरुसँग मिटिङ गरेर भाद्र ३१ गतेसम्म सार्वजनिक सबारी बन्द गरेका छौ’ उनले भने । उनले

त्यो्बाहेक खुकुलो भएका सेवामा पनि पूर्ण सुरक्षा मापदण्ड अपनाउन भत्तपुर उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग, सरकारी संस्थासँग परामर्श गरेर विशेष अनुरोध गरेको प्रजापतीको दावी छ ।

उनका अनुसार कुनै पनि कलकारखानामा काम गर्ने कामदारहरु पूर्ण रुपमा पिसीआर चेक गराउन आग्रह गरेका छ ।

त्यसबाहेक नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि जनचेतना अभिवृद्धिका विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

नगर क्षेत्रमा दैनिकरुपमा माइकिङ, टोलटोलमा क्लोरिङ छर्कने, ठाउँठाउँमा पानीको ट्याकीं राखी साबुन पानीको व्यवस्था र सरसफाई एकदम ध्यानमा राखेर काम गरिरहेको प्रजापतीले बताए छ ।

तिर्नसक्नेलाई होटल, नसक्नेलाई नगरपालिकको क्वारेन्टाइन
लकडाउन सुरु भएसँगै विदेशबाट फर्केकालाई विभिन्न विदेशबाट आएकाहरुलाई होटल क्वारेन्टाइनको व्यवस्था गरेको नगरप्रमुख प्रजापति बताए ।

नगरपालिकाले यसका लागि ४ वटा होटलसँग सम्झौता गरेको छ । यसबीचमा विदेशबाट फर्केका ४० भन्दा बढीले होटल क्वारेन्टाइनमा बसेर घर फर्केका छन् ।

होटलमा बस्न नसक्ने/नचाहनेका लागि ब्रम्हायणीमा ३०–४० बेडको क्वारेन्टाइन पनि संचालनमा ल्याएको प्रजापतीले जानकारी दिए ।

संक्रमण पुष्टि भएर होमआइसोलेनमा बसेकालाई भने नगरपालिकाले स्वास्थ्य अपडेटसहित निगरानीका लागि स्वास्थ्यकर्मी खटाएको छ ।

संक्रमित थपिइरहे पनि भक्तपुरमा हालसम्म छुट्टै आइसोलेसन नबनाएको मेयर प्रजापती बनाउँछन् ।

‘अहिलेको लागि प्रदेश सरकारद्धारा संचालित खरिपाटीको आइसोेलेसन र भक्तपुर अस्पताललाई नै आइसोलेसनको लागि उपयोग गर्छौ’ उनले भने ।

हालसम्म भक्तपुरमा पिसिआर मेसिन नभएको कारणले प्रयोगशाला सेवा सुरु गर्न मेसिन खरिदको टेन्डर भएको उनले जानकारी दिए ।

अरु धेरै अस्पतालमा ओपिडी बन्द भएपनि भक्तपुर नगरपालिकाद्धारा संचालित च्याम्हासिहमा रहेको जनस्वास्थ्य सेवा केन्द्रले निरन्तर ओपिडि सेवा दिर्दै आएको उनले सुनाए

 

One thought on “कोरोना नियन्त्रणमा भक्तपुरे मोडल– संघबाट सिकाई, स्थानीय अभ्यास

  1. यो गफ मात्रै हो है, रुद नम्बर ७ का गाडीहरु गुदिर छन् जस अन्तर्गत ललितपुरसहित काठमाडौंका गोंगबु, चावहिल, रत्नपार्क र कलंकि पर्दछ। जनचेतना अभिवृद्धिका विभिन्न कार्यक्रम भन्नाले नगरपालिकाको गाडीबाट माईकिङ्ग भन्ने बुज्नु,
    खरिपाटीको आइसोेलेसन सुरु मै सबै भन्दा पहिले बिरोध गर्ने पनि उहानै हो है, अहिले आएर त्यसमै आफ्नो उपस्थिति जनाउने प्रयास गर्नु खुसीको कुरा हो। क्षेत्र नम्बर २ मा १ को भन्दा कोरोना रोकथामका प्रयास निकै राम्रो गतिमा भैरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय