देशभर कोरोना संक्रमणबाट १९२ जना आइसियु तथा भेन्टिलेटरमा उपचाररत

देशभर कोरोना उपचारको लागि १ सय ९२ जना संक्रमित आइसियु तथा भेन्टिलेटरमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १६९ जना आइसियु र २३ जना संक्रमित भेन्टिलेटरमा रहेका छन्।

सबैभन्दा बढी बाग्मती प्रदेशमा आइसियु तथा भेन्टिलेटरमा रहेका छन्। बाग्मती प्रदेशमा मात्र ११७ आइसियु तथा २० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, प्रदेश ५ मा २२ जना आइसियु र १ जना भेन्टिलेटरमा, प्रदेश २ र कणार्ली प्रदेशमा ९–९ जना आइसियुमा, प्रदेश १ मा ६ जना आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।

त्यसैगरी, गण्डकीमा ६ जना आइसियुमा र सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा रहेका छन्।

आइतबारमात्र कोरोना संक्रमणको कारण ९ जनाले ज्यान गुमाएका छन्। काठमाडौंमा उपत्यकामा मात्रै ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

आज थपिएका सहित नेपालमा संक्रमणबाट ३ सय ४५ जनाको मृत्यु भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय