देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु, काठमाडौं मात्रै ६

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज थपिएका सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ३४५ पुगेको छ।

आइतबार काठमाडौंमा मात्रै ६ जनाको मृत्यु भएको छ।

काठमाडौंमा मृत्यु हुनेमा ६५ वर्षका दुई महिला रहेका छन्। त्यसैगरी, ५९,७०, ६४, ५९ वर्षका ४ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मोरङका ६९ वर्षिय पुरुष र सिन्धुपाल्चोकका ५९ वर्षका पुरुषको पनि संक्रमणबाट मृत्यु भएको छ। त्यसैगरी कास्कीकी ४५ वर्षिय महिलाको संक्रमणबाट मृत्यु भएको हो।

हालसम्म संक्रमितहुनेमध्ये मृत्यु हुने प्रतिशत ० दशमलव ६४ प्रतिशत रहेको मन्त्रालयकाले जनाएको छ।

आइतबार मात्रै काठमाडौं उपत्यकामा ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर १ हजार ३९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज थपिएका सहित नेपालमा कोरोना संक्रमित संख्या ५४ हजार नाघेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय