कोरोना परीक्षण शुल्क अब २ हजारमात्रै

सरकारले आरटीपिसिआर विधिबाट कोरोना परीक्षणको शुल्क घटाएर अधिकतम २ हजार कायम गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अन्तराष्ट्रिय बजारमा रिएजेन्टको मुल्य घटेको

अवस्थामा शुल्क समायोजना गर्दा अब निजी वा सरकारी प्रयोगशालाले सबै खर्च गरेर २ हजारभन्दा बढी लिन नपाउने बताए ।

सुरुमा सरकार ५ हजार ५ सय परीक्षण शुल्क लिनेगरी तय गरेकोमा केही दिनअघि मात्रै ४ हजार ४०० शुल्क तय गरेको थियो ।

अहिले देशभरमा ४७ प्रयोगशालाले कोरोना परीक्षण गर्दै आएका छन् ।

बजारमा रिएजेन्टको शुल्क घटेसँगै केही अस्पतालहरुले सस्तो शुल्कमै परीक्षण गर्ने घोषणा गरेपछि सरकारलाई शुल्क घटाउन दबाब परेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय