देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण, संख्या ५४ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा देशभर १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५४ हजार १ सय ५९ पुगेको बताए।

आइतबार देशभर १५ हजार १ सय १७ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ३ सय ३७ जना रहेका छन।

डा. गौतमका अनुसार आज ६ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन।

गत २४ घन्टामा १ हजार १ सय ७३ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ३८ हजार ६ सय ९७ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७१.५ प्रतिशत रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय