किन धुनुपर्छ हात ?

रोहडे एक भाइरस विशेषज्ञ र क्लिनिकल प्रयोगशाला विज्ञ हुन्।

उनले सामाजिक दुरीलाई मानिसहरुले सामान्य लिएका बेला नियमित सतहको सफाई र हात धुन किन आवश्यक छ भनेर बताएका छन्।

स्वास्थ्यसेवामा, सफा सतह रोग फैलिनबाट बचाउनको लागि महत्वपूर्ण छ।

म भविष्यका मेडिकल प्रयोगशाला, सार्वजनिक स्वास्थ्य र नर्सका विद्यार्थीहरूलाई यो अवधारणा प्रचार गर्दछु।

त्यस्तै, म आफ्ना पेशेवर सहकर्मीहरूलाई बारम्बार सम्झाउँछु कि हाम्रो हातहरू स्वास्थ्य सेवामा रोगको सबैभन्दा खतरनाक ‘भेक्टर’ हुनसक्छ।

हामी सबैलाई थाहा छ कि हात स्वच्छता संक्रमण रोक्नका लागि महत्वपूर्ण छ र साथै सामुदायिक वातावरणलाई कीटाणुहरूको संक्रमणबाट बचाउन सकिन्छ।

हामीले अहिले स्यानिटाइजर लगाइरहेका छौं तर वातावरणमा संधै किटाणु हुन्छ।

हामी अब झन् सजग रहेर नियमित सतहको सफाई र हात धुन जरुरी छ किनभने आर्थिक गतिविधिहरु सुरु हुन थालिसकेका छन्।

सफाई र डिस्इन्फेक्टिङ बीच भिन्नता
सफाई र डिस्इन्फेक्टिङ बीचको भिन्नता बुझ्नुपर्छ।

सीडीसीले यसका भिन्नताहरूलाई यसरी टुक्र्याउँछः

‘सफाईले सतहबाट कीटाणुहरू, फोहोर र अशुद्धताहरू हटाउँछ।

यसले कीटाणुहरू मार्दैन, तर तिनीहरूलाई हटाएर, यसले तिनीहरूको संख्या कम गर्दछ र संक्रमण फैलाउने जोखिम पनि कम गराउँछ।

डिसइन्फेक्टिङले केमिकलहरू प्रयोग गर्दछ, उदाहरणका लागि, इपिए–पंजीकृत कीटाणुनाशक, सतहहरूमा कीटाणु मार्छ।

यस प्रक्रियाले फोहोर सतहहरू सफा गर्ने वा कीटाणुहरूलाई हटाउँदैन, तर कीटाणुहरू मार्ने क्रममा सतह सफा गरेपछि यसले संक्रमण फैलाउने जोखिमलाई कम गर्न सक्छ।’

के सफाई र डिसइन्फेक्टिङ कोभिड १९ को भाइसको लागि उपयुक्त छ?
हात धुने र सतह सफाईलाई गर्नु कुनै पनि जिवाणु हटाउन उपयुक्त हुन्छ।

तपाईले आफ्नो हातलाई पनि डिसइन्फेक्टि गर्न सक्नुहुन्छ।

यसअर्थ स्यानिटाइजर लगाउनु पनि भाइरसबाट बच्न उपयुक्त हुन्छ।

सिडिसिको अन्लाईन जर्नलमा डब्लूएचओले हात धुन सिकाएका विधिहरु एकदन उत्तम रहेको लेखकले बताएका छन्।

अनुसन्धानकर्ताहरुले डब्लूएचओले सार्स कोभिड २ का लागि सिफारिस गरेको विधिबाट र र्फमुलेशनबाट कसरी संक्रमण फैलिनबाट निष्क्रय बनाएको थियो भनेर पत्ता लगाएको थियो।

महत्वपूर्ण कुरा त दुबै फार्मुलेसनले भाइरसहरूलाई ३० सेकेन्ड भन्दा कममा कम ग¥यो जसमा रक्सीको कन्सनट्रेसन ३० प्रतिशत भन्दा माथि थियो।

जुनैपनि ह्यान्ड रब गर्ने चीजहरुमा राखिने एउटा तत्व भनेको रक्सी हो।

एक अध्ययनका अनुसार भाइरसलाई निष्क्रिय गर्न ३० सेकेण्डको आवश्यकता पर्दछ।

यी खोजहरु सारस कोभिड–२को महामारी रोक्नकालागि एकदमै महत्वपूर्र्ण सावित भएका थिए।

यो अध्ययन महत्वपूर्ण छ किनभने सारस कोभिड–२ सर्न मानिस नै काफि छ र लक्ष्ण देखाए पनि नदेखाएपनि भाइरस सर्न सक्छ।

यस संक्रमणको रोकथामका लागि सक्रिय उपायहरू महत्वपूर्ण छ किनकि अहिलेसम्म कुनै पनि खोपहरू उपलब्ध छैनन् र केवल एक अनुमोदित उपचार, रेमडेसिभर छ।

भाइरसको संक्रमण रोकथाम र यो रोगसंग लड्ने उपाय नै सार्वजनिक प्राथमिकताको विषय हो।

माथि उल्लेख गरिएअनुसार हात स्वच्छता हुनुपर्छ।

हात धुनु महत्वपूर्ण छ तर यस अध्ययनमा देखिए अनुसार हामीलाई ह्यान्ड सेनिटाइजरमा सजिलैसँग उपलब्ध हुनुपर्ने र प्रभावकारी डिस्इन्फेक्टिेन्टहरू आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय