बारा र पर्सामा ६ कोरोना संक्रमित थपिए

बारा र पर्सामा  थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसीआर परीक्षणमा  ६ जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमण पुष्टि हुनेमा २० वर्षदेखि ६० वर्ष उमेर समुहका रहेका नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए। उनका अनुसार थपिएका संक्रममितमध्ये पर्साका ३ जना र  बाराका ३ जना रहेका छन्।

थपिएको सबै संक्रमित पुरूष नै रहेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १० का दुईजनामा संक्रमण पुष्टि भएको छ भने एकजना वीरगन्जस्थित आर्मी ब्यारेकका हुन्।

कलैया उपमहानगरपालिका वडा नम्बर ४ र १५ का एक/एक जना गरि दुईजनामा संक्रमण देखिएको छ भने कोल्भी नगरपालिकामा एकजनामा संक्रमण पुष्टि भएको छ।

प्रयोगशालामा शनिबार राति  २ सय ९० जनाको पिसिआर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय