वीरका सिनियर डाक्टर नै आउँदैनन्, कोरोना संक्रमित वार्ड नर्सको जिम्मामा

सरकारले कोरोना संक्रमितको उपचारका लागि वीर अस्पताललाई तोकेको छ।

त्यसैअनुरुप, त्यहाँ भएका उपकरण तथा स्रोत–साधनलाई ट्रमा सेन्टरमा सारिँदै छ।

अब वीर अस्पताल कोरोना संक्रमित भर्ना गर्नका लागि खाली भइरहेको छ।

तर, अहिले पनि उपचाररत बिरामी तथा स्वास्थ्यकर्मी नै अस्पताल व्यवस्थापनप्रति रुस्ट भएका छन्।

अस्पतालले न बिरामीको लागि राम्रो सेवा दिएको छ, न स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा समाग्री।

यति बेला वीर अस्पतालमा रहेका संक्रमितको हेरचाह पनि नर्सकै जिम्मा छोडिएको छ।

संक्रमितलाई हेर्न ड्यूटीमै भएका डाक्टरहरु पनि जाँदैनन्।

अस्पतालको कोभिड आइसोलेसनमा बसेका एक बिरामी चिकित्सकको मुख नदेखेको १० दिन भइसकेको बताउँछन्।

आइसोलेसनमा वार्डमा कार्यरत नर्सको दुःख बेग्लै छन्।

‘अस्पतालमा संक्रमित संख्या बढ्न थालेपछि प्रोटोकल नै नअपनाई बिरामीलाई भर्ना गर्न थालिएको छ’ ती नर्सले भनिन् ‘सिनियरहरू पिपिई दिएका छौँ आफ्नो ड्यूटी पूरा गर भन्ने जवाफ फर्काउँछन्।’

‘अहिले जसलाई पनि आफै जोगिनुपर्छ भन्ने लागेको छ। ओपिडी बिरामी त नहेर्ने डाक्टर कसरी संक्रमितलाई छेउमा आउन सक्छन्?’ वीरकी एक नर्सले भनिन् ‘कोभिडका बिरामी भर्ना भएदेखि आइसोलेसन वार्डमा धेरै चिकित्सकले पाइला टेकेका छैनन्।’

बिरामीकै करबलले मात्रै कहिलेकाहीँ आवासीय डाक्टरहरु देखिन्छन्।

बिरामीहरू कति बेला चिकित्सक आउँला न आफ्नो समस्या सुनाउँला भनेर बसेका हुन्छन्।

डाक्टर कति बेला आउनुहुन्छ भनेर सोधिरहेका हुन्छन्।

‘कन्सल्टेन्ट डाक्टरको लागि छुट्टै रूमको व्यवस्था भएको छ। त्यहीँबाट नर्सलाई फोन गरेर चिकित्सकले सोधपुछ गर्छन्। बिरामीले सबै समस्या हामीलाई भन्दैनन्। हामी भन्दा चिकित्सकलाई बढी विश्वास गर्छन्, उनी भन्छिन्, ‘चिकित्सक आएर नआत्तिनुहोस् बिस्तारै तपाई ठीक हुँदै जानुभएको छ भन्दा बिरामीको मुखमा चमक नै बेग्लै आउँछ।’

अस्पतालको कोभिड फोकल पर्सन डा. विधाननिधि पौडेल भने तहअनुसारको काम हुने भएकाले चिकित्सकको आउजाउ कम देखिएको हुनसक्ने बताउँछन्।
उनका अनुसार आइसोलेसन वार्डमा बढी नर्सहरू नै बिरामीको हेरचाह गरेका हुन्छन्।

अस्पतालमा बिहान रेजिडेन्ट डाक्टरले राउन्ड गर्छन। त्यसपछि रजिष्ट्रारस्तरका डाक्टरले संक्रमितको निगरानी गर्दै आएको उनले दाबी गरे।

‘माथिल्लो तहका चिकित्सक संक्रमित हेर्न सिधै जाँदैनन्। बाहिर ती बिरामीको बारेमा छलफल हुन्छ। त्यसैअनुसार कन्सल्टेन्ट डाक्टरले औषधीको सिफारिस गर्छन्’, डा. पौडेलले भने, ‘रेजिडेन्ट डाक्टरमार्फत औषधी बिरामीलाई दिन लगाइन्छ।’

उनले धेरै डाक्टरहरुका लागि पिपिई नभएको पनि स्विकार गरे।

‘उल्टै थर्काइ खानुपर्छ’

कन्सल्टेन्ट, मेट्रोन तहबाट वार्ड कसरी सञ्चालन भइरहेको छ, कुनै निगरानी हुँदैन।

‘अस्पतालमा संक्रमित संख्या बढ्न थालेपछि प्रोटोकल नै नअपनाई बिरामीलाई भर्ना गर्न थालिएको छ’ ती नर्सले भनिन् ‘सिनियरहरू पिपिई दिएका छौँ आफ्नो ड्यूटी पूरा गर भन्ने जवाफ फर्काउँछन्।’

उनी केही दिन अघि भएको एउटा घटनाबारे उनले भनिन् ‘एक जना कोभिड संक्रमितको मृत्यु भयो। तर, कसैले पनि त्यो लासलाई छुन मानेनन्। त्यसको व्यवस्थापनका लागि मलाई ३ घण्टा लाग्यो।’
समस्या सुनाउँदा भने सिनियरहरुबाट उनले उल्टै गाली खाइन्।

‘इन्फेक्सन–प्रिवेन्सनका लागि स्टाफलाई कुनै तालिमको व्यवस्था गरिएको छैन, कसरी प्रयोग भएको समानलाई संक्रमण मुक्त रहने, कसरी संक्रमणबाट जोगिने भन्ने विषयमा सिकाइएको छैन’, उनले भनिन् ‘संक्रमणबाट जोगिने कुनै ज्ञान नभएको कारण अस्पतालमा संक्रमण फैलिँदैछ।’

बिना तालिम उपचारमा
कोरोना संक्रमणबाट जोगिनको लागि अस्पतालले अहिलेसम्म प्रभावकारी रूपमा तालिमको व्यवस्था नगरेको स्वास्थ्यकर्मीको आरोप रहेको छ।

‘इन्फेक्सन–प्रिवेन्सनका लागि स्टाफलाई कुनै तालिमको व्यवस्था गरिएको छैन, कसरी प्रयोग भएको समानलाई संक्रमण मुक्त रहने, कसरी संक्रमणबाट जोगिने भन्ने विषयमा सिकाइएको छैन’, उनले भनिन् ‘संक्रमणबाट जोगिने कुनै ज्ञान नभएको कारण अस्पतालमा संक्रमण फैलिँदैछ।’

तर, सबै स्वास्थ्यकर्मीलाई तह अनुसारको तालिमको दिएको डा. पौडेल दाबी गर्छन्।

‘सरसफाई देखि लिएर प्रोफोसर लेबलसम्मका तालिम दिएका थियौँ’, डा. पौडेलले भने, ‘हामीले ६ महिना अगाडी तालिम दियौँ, अहिले भुल्छन् भने के गर्ने?’

हाल सम्म अस्पतालमा ८७ जनाभन्दा बढी संक्रमित उपचार भइरहेको छ।

न उपचार राम्रो न, व्यवस्था गतिलो

कोरोना संक्रमित भने अस्पतालले सेवा राम्रो नदिएको गुनासो गर्छन्।

अस्पतालकै संक्रमित स्वास्थ्यकर्मीले खाना तथा शौचालयको व्यवस्था राम्रो नभएको बताउँछन्।

अस्पतालबाटै एकजना संक्रमितले हेल्थपोस्टलाई भनेअनुसार एकसता भइसक्दा पनि बेडका कपडा फेरिएका छैनन्।

६ महिनादेखि निरन्तर जोखिमपूर्ण काम गर्दै आएका स्वास्थ्यकर्मीले जोखिमभत्ता पाउनु त परै जाओस् नियमित रूपमा पाउने गरेको तलव पनि पाएका छैनन्।

सुरक्षा सामग्री स्वास्थ्यकर्मीलाई पर्याप्त रूपमा दिन नसकेको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरी स्विकार गर्छन्।

‘अहिले हुँदै नभएको होइन। हामीसँग थोरै छ। बिरामीपिच्छे फेर्न चाहिनेजति पिपिई छैन’ उनले भने ‘त्यसैले पुग्ने हिसावले प्रयोग गरिरहेका छौँ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय