नर्स छान्न दलको सिफारिस

गत साउन २६ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पत्रिकामा सुचना सार्वजनिक गर्दै हाउस अफिसर र स्टार्फ नर्सको दरखास्त आवेदन खुलायो। हाउस अफिसरका लागि १६ जना माग गरिए पनि स्टाफ नर्सका लागि भने ५० जना माग गरिएको सुचनामा उल्लेख छ।

उक्त सुचनाबमोजिम यि दुबै पदको प्रकृती करार सेवाका लागि ६ महिलासम्म भनिएको छ भने समयको अभाव रहेको भन्दै लिखित परिक्षा नलिई सिधै मौखिक परिक्षामाफर्त सेवा प्रवेश गरिने छ। गत सोमबार नै सम्पूर्ण प्रक्रिया पुरा गरि स्टाफ नर्सको नतिजा सार्वजनिक गर्ने तयारी गरेपनि दलको हस्तक्षेपको कारण व्यवस्थापनले उक्त स्टर्फ नर्सको अन्तिम नतिजा सार्वजनिक गरेको छैन।

एक सय वेडको कोभिड १९ अस्पतालका लागि तत्काल आवश्यक परेको जनशक्ति पुर्ती गर्न खुलाइएको आवेदन मिति एक महिना पुरा भइसक्दा समेत नतिजा ननिकालिनुले दलको हस्तक्षेप भएको कतिपयको बुझाई छ। प्रतिष्ठान भित्रकै चिकित्सकले भने सत्तारुढ दल नेकपाले नर्स छान्ने विषयमा हस्तक्षेप गरेको आरोप लगाएका छन्।

तर, प्रतिष्ठानकै प्रवक्ता डाक्टर निदेश सापकोटाले भने चारै जना पदाधिकारी उपकुलपति, शिक्षाधाक्ष्य, अस्पताल निर्देशक लगाएका विभागीय प्रमुख बसेर परिक्षा लिएको बताए। उनले कुनै राजनीतिक दलले नर्स छान्न सिफारिस गरेको बारे अनविज्ञता प्रकट गरे।

यता नेकपा धरान नगर कमिटिका अध्यक्ष नारायण सुवेदीले स्टाफ नर्सका लागि आफ्नो दलले कुनै आधिकारीक निर्णय नगरेको जिकिर गरे। उनले पार्टीको बदनाम गराउन यस्तो कार्य भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

‘सामाजिक सन्जालमा देखिएको उक्त चिर्कटोमा कुनै आधिकारीकता छैन,’ उनले भने, ‘पार्टीको लेटरप्याड र छाप नै नभएको कागज नेकपाकै भनेर के आधिकारिकता?’ उनले सादा कागजमा जसले जे लेखे पनि दोष कुनै संस्थालाई लगाउँदा सत्य त्यहि नहुने तर्क गरे।

विगत केहि दिन देखि प्रतिष्ठानको नर्स छान्ने विषयमा भइरहेको बहसलाई नजिकबाट नियालेका धरानका प्राध्यापक डा. राजेन्द्र शर्माले प्रतिष्ठित स्वास्थ्य सँस्थामा कर्मचारी छान्ने यो तरिका गलत भएको बताए।

उनले स्थापित विधिलाई मिचेर भएका सम्पुर्ण गतिविधि सच्याउनु पर्ने भन्दै अपारदर्शी तरिकाबाट भएका नियुक्तिलाई खारेज गर्न माग गरे।

‘पार्टीको खल्तिबाट पदाधिकारी नियुक्ती गर्ने, अनि डाक्टर नर्स भर्ती गर्दा पनि दलकै सिफारिस हुन थाल्या भने हाम्रो अवस्था के होला?’ शर्माले भने, ‘विपी प्रतिष्ठान दलको भर्ति केन्द्र जस्तो भएको छ। अझै पैसा लिएर भर्ना गरिन्छ भन्ने पनि सुनेको छु। यदि यो साँच्चो हो भने तुरुन्त रोक्नुपर्छ र छानविन गरि दोषलाई कारवाही गर्नुपर्छ।’

नर्स छान्न नेकपाले तयार गरेको १९ जनाको लिस्ट नेकपा पार्टी भित्रैबाट प्राप्त भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय