देशभर १४ संक्रमितको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै पाँचजना

पछिल्लो २४ घन्टामा देशभर १४ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा तीन महिला र ११ जना पुरुष रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश सुनसरीमा एकजना, पर्सामा एकजना काठमाडौंमा तीनजना भक्तपुरमा दुईजनाको मृत्यु भएको छ। यस्तै चितवनमा एकजना, तनहुँमा एकजना, स्याङ्‌जामा एकजना, गोरखामा एकजना, कास्की एकजना र रुपन्देहीमा दुईजनाको मृत्यु भएको हो।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ सय ३६ पुगेको छ। यो नेपालमा कोरोनाबाट मृत्युदर ०.६३ प्रतिशत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय