काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा  जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३७७ , ललितपुरमा ३७ र भक्तपुरमा १७ जनालाई कोरोना संक्रमित थपिएका छन्।

आज थपिएका सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार १ सय ३९ पुगेको छ।

पछिल्लो २४ घन्टामा देशभर १ हजार २ सय ०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डा. गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५१ हजार १ सय २० पुगेको बताए।

शनिबार देशभर १५ हजार २ सय ६० संक्रिय संक्रमित र होम आइसोलेसनमा ६ हजार ६ सय ३४ जना रहेका छन। डा. गौतमका अनुसार आज ६ हजार ३ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन।

गत २४ घन्टामा ८ सय ५१ कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ३७ हजार ५ सय २४ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७०.६ प्रतिशत रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय