रिएजेन्ट अभावमा भेरी अस्पतालमा कोरोना परीक्षण रोकियो

कोरोना भाइरस परीक्षणका लागि प्रयोग हुँदै आएको रिएजेन्ट अभावका कारण भेरी अस्पाताल नेपालगन्जको प्रयोगशालामा पीसिआर जाँच हुन सकेन।

त्यस कारण शुक्रबार भेरी अस्पतालको उक्त प्रयोगशालाले कुनै पनि रिपोर्ट सार्वजनिक गर्न सकेन।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा रिएजेन्ट अभावका कारण संकलित स्याम्पल परीक्षणमा ढिलाइ भएको हो। प्रयोगशालामा भएको रिएजेन्ट सकिएका कारण स्याम्पल परीक्षणमा ढिलाइ भएको पाइएको छ।

भेरी अस्पतालको प्रयोगशालाका अनुसार कोरोना जाँचका लागिप्रयोग हुने रिएजेन्ट अभावका कारण समयमा स्याम्पल परीक्षण हुन नसक्दा शुक्रबार कुनै पनि रिपोर्ट सार्वजनिक भएन।

यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अबेर राती ९ सय र प्रदेश सरकारले एक सय रिएजेन्ट शुक्रबार अबेर राति भेरी अस्पताल नेपालगन्ज आइपुगेको छ।

शुक्रबार भेरी अस्पताल नेपालगन्जले कोरोना भाइरससम्बन्धी कुनै पनि रिपोर्ट सार्वजनिक नगरेपछि विभिन्न खाले टीकाटिप्पणी भएको थियो।

कतिपयले त भेरी अस्पतालमा रहेको पीसिआर मेशिन नै बिग्रिएको आरोप लगाएका थिए। तर रिएजेन्ट अभावका कारण भेरी अस्पतालको प्रयोगशालाले परीक्षण रोकेको हो।

कोरोना भाइरस संक्रमणबीच देखिएको समस्याका विषयमा यति बेला भेरी अस्पताल गम्भीर भएर लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताल बताउँछन्।

उनले भने, ‘कोरोना जाँचका लागि आवश्यक पर्ने रिएजेन्ट खरिदका विषयमा छलफल भएकोछ। अझै पनि संकलित स्वाब परीक्षणका लागि तयारी अवस्थामा राखिएको छ।’

तर, बाहिरी जिल्लाको कन्ट्रयाक ट्रेसिङको समेत स्याम्पल अस्पतालमा आउने गरेकाले त्यस्को परीक्षण के गर्ने भन्नेबारेमा भने निर्णय हुन सकेको छैन।

भेरी अस्पतालमा रिएजेन्ट अभाव भएकै कारण बर्दियाको बाँसगढीबाट संकलित २ सय स्याम्पल राप्ती प्रादेशिक अस्पताल दाङ पठाइएको छ।

यसअघि बर्दियाको स्याम्पल पनि भेरीमै परीक्षण हुने गरेको थियो। बाँकेको कोरोना संक्रमित संख्या १ हजार ३ सय ६३ पुगेको छ। बिहीबार बेलुकासम्म ९ सय ५१ जना कोरोना संक्रमित निको भइसकेका छन् भने ४ सय ४ जना उपचाररत छन्।

हालसम्म बाँकेमा ८ जनाको मृत्यु भइसकेको छ। नेपालगन्ज उपमहानगरपालिकाका ५ जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय