छातीमा हावा भरियो ? नेपालमै संभव छ उपचार

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ २७ गते ११:३५

के तपाईं कहिल्यै छाती वा फोक्सोको बिरामी हुनुभएको छ ? या तपाईंका चिनेका कोही आफन्त वा साथीभाइलाई फोक्सोसम्बन्धी रोग लागेको थाहा छ ? यदि छ भने यो लेख तपाईंहरूकै लागि हो ।

हाम्रा कोही आफन्त छातीसम्बन्धी रोगी छन् भने हामीले प्रायः सुन्ने गछाैं ‘फलानाको फोक्सोमा पानी जमेछ…… ।’ ‘पानी जम्ने’जस्तै फोक्सोमा ‘हावा जम्ने’ पनि एउटा समस्या हुन्छ, जसबारे यहाँ चर्चा गरिनेछ ।

हुन त जेलाई हामी फोक्सोमा ‘पानी जमेछ’ वा ‘हावा जमेछ’ भन्छौँ त्यो वास्तवमा फोक्सोभित्र जम्ने होइन । ‘छातीमा पानी भरिएको’ वा ‘हावा भरिएको’ हुनुपर्नेमा हाम्रो चलनचल्तीको भाषामा फोक्सोमा पानी–हावा जमेको भनिएको मात्र हो । फेरि, पानी वा हावा जम्ने पनि त होइन, भरिने मात्र हो ।

वास्तवमा पानी–हावा कहाँ भरिन्छ त ? फोक्सोवरिपरि र करङको भित्रपट्टि एउटा सानो खालीठाउँ हुन्छ, त्यहाँ भरिन्छ हावा वा पानी । सामान्यतया फोक्सो पूरै छातीभरि फुलेर बस्ने हुनाले फोक्सोवरिपरि थोरै मात्र पानी हुन्छ, जसले घर्षण कम गर्नेलगायत काम गर्दछ ।

थोरै मात्र हावा भरिएको छ भने कहिलेकाहीँ केही नगरीकनै छोडिदिन पनि सकिन्छ । कसै—कसैलाई सुईले हावा तानेर फाले मात्र पुग्छ भने धेरैजसो बिरामीको हकमा छातीमा पाइप लगाएर उपचार गर्नुपर्ने हुन्छ । पाइप लगाएको केही घण्टा वा केही दिनमै सबै हावा निस्कन्छ र फोक्सो पनि फुलेर आउँछ ।

तर, जब रोगका कारणले त्यहाँ पानीको मात्रा बढ्न जान्छ वा हावा भरिन थाल्दछ, तब फोक्सो फुल्न पाउँदैन र खुम्चेर बस्न बाध्य हुन्छ ।

छातीभित्र फोक्सोवरिपरि हावा कसरी भरिन्छ होला त ? स्वाभाविक छ, कि फोक्सोभित्रबाट कि त छातीबाहिरबाट । छातीमा गोली लागेर वा दुर्घटनामा करङ भाँचिएर वा चक्कुजस्तो धारिलो हतियारले छातीमा चोट लाग्दा छातीभित्र हावा भरिन सक्छ ।

तर, चोटपटकविना ? सम्भव छ । फोक्सो आफसेआफ पनि फुट्न सक्छ । वास्तवमा पूरै फोक्सो बेलुनजस्तो फुट्ने नभई यसको सतहमा रहेका स–साना हावा, फोकाहरू मात्र फुट्ने हुन् । नितान्त स्वस्थ देखिने मान्छेमा पनि यो आफसेआफ हुन सक्छ ।

कहिलेकाहीँचाहिँ दमले थलिएको फोक्सो आफैं फुट्न पनि सक्छ, जसमा ती ‘हावा—फोका’हरू अलि ठूला हुन्छन् । जसरी बेलुनमा प्वाल परेपछि प्वाल सानो–ठूलो जस्तोसुकै होस्, बेलुन खुम्चन्छ, ठीक त्यसैगरी ‘हावा—फोका’ फुटेर फोक्सोमा प्वाल परेपछि फोक्सो पनि खुम्चेर बस्छ ।

दुब्ला, अग्ला तन्नेरीमा प्रायः यो समस्या देखिन्छ । तिनमा पनि चुरोट पिउनेलाई यस्तो हुने खतरा धेरै हुन्छ । अर्कोतर्फ वृद्ध, दमका रोगी र चुरोटका अम्मलीलाई पनि यो हुन सक्छ ।

अचानक स्याँ—स्याँ हुनु र हल्का छाती दुख्नु नै डाक्टरले यो रोगको शंका गर्ने आधार हुन् । थोरै मात्र हावा भरिएको छ र फोक्सो पनि उतिसारो खुम्चिएको छैन भने थाहै नभई टर्न पनि सक्छ, अथवा उपचारविनै निको पनि हुन सक्छ । तर, ठूलो हावा–फोका फुटेर ठूलै मात्रामा हावा भरिएको छ भनेचाहिँ एकदम साह्रो पनि हुन सक्छ, तुरुन्त अस्पताल जानुपर्ने हुन्छ ।

यस्तो असाध्यैचाहिँ विशेषगरी वृद्धवृद्धालाई हुन्छ, जसको फोक्सो पहिलेदेखि नै चुरोट र दमले थलिएको हुन्छ । पूरै शरीरलाई प्राणवायु (अक्सिजन) उपलब्ध गराउने फोक्सो नै पूरै खुम्चिएपछि रगतमा अक्सिजनको कमी हुन गई शरीर नै निलो हुन सक्छ, रगतमा कार्बनडाइअक्साइड ज्यादा भई बिरामी बेहोससम्म हुन सक्छ । छातीभित्र हावा थपिँदै गएर अर्कोपट्टिको फोक्सोलाई पनि दखल पु¥याउन थाल्यो भनेचाहिँ बिरामीको ज्यानै जाने खतरा पनि उत्तिकै हुन्छ ।

तन्नेरी वा बूढाबूढी जे भए पनि पुरुषमा नै यो बिमारी धेरै देखिन्छ । यो समस्या एकैजनालाई दोहोर्‍याएर वा तेहेर्‍याएर पनि हुने गरेको पाइएको छ । अनि लक्षणले नै ठ्याक्कै थाहा हुन गाह्रो हुने भएकाले एक्स रेलगायत परीक्षणपछि मात्रै निदान हुन सक्छ ।

के हुन्छ त उपचार ?

यो रोगको उपचारका विभिन्न तरिका छन्, तर चुरो कुरो भने एउटै हो : हावा निकाल्नु र फेरि हावा भरिन नदिने उपाय गर्नु । माथि भनिएझैँ हावा थपिँदै गएर बिरामी असाध्यै भइसकेको छ भनेचाहिँ तुरुन्त अस्पतालमा लगी उपचार गर्नुपर्छ ।

थोरै मात्र हावा भरिएको छ भने कहिलेकाहीँ केही नगरीकनै छोडिदिन पनि सकिन्छ । कसै—कसैलाई सुईले हावा तानेर फाले मात्र पुग्छ भने धेरैजसो बिरामीको हकमा छातीमा पाइप लगाएर उपचार गर्नुपर्ने हुन्छ । पाइप लगाएको केही घण्टा वा केही दिनमै सबै हावा निस्कन्छ र फोक्सो पनि फुलेर आउँछ ।

छातीमा पौने एक बित्ताजति लामो घाउ बनाएर गरिने यो अप्रेसन निकै प्रभावकारी छ । आजकल शरीरको कुनै पनि भागको अपे्रसन सानो घाउ बनाएर वा प्वाल मात्रै पारेर गर्ने चलन निकै बढेको छ । छातीमा पनि दुई–तीनवटा स—साना प्वाल बनाएर यो अप्रेसन गर्न सकिन्छ । दुखाइ कम हुने र बिरामी चाँडै घर जान सक्ने भएकाले आजभोलि डाक्टर, बिरामी सबैले यो विधिलाई खुबै रुचाएको पाइन्छ ।

तर, त्यसो नभएको खण्डमा भने उपचारका विभिन्न विधि अपनाउनुपर्ने हुन्छ । अनि, केही गरे पनि भएन भने अप्रेसनकै भर पर्नुपर्ने हुन्छ । दोहोर्‍याएर वा तेहेर्‍याएर भएको बखतमा भने अप्रेसन एक मात्र उपाय हो । अप्रेसन गर्नु भनेको फोक्सोमा परेको प्वाललाई बन्द गर्नु हो, र फेरि हावा नभरियोस् भनेर हावा भरिन सक्ने ठाउँलाई नै निमिट्यान्न पार्नु हो।

छातीमा पौने एक बित्ताजति लामो घाउ बनाएर गरिने यो अप्रेसन निकै प्रभावकारी छ । आजकल शरीरको कुनै पनि भागको अपे्रसन सानो घाउ बनाएर वा प्वाल मात्रै पारेर गर्ने चलन निकै बढेको छ । छातीमा पनि दुई–तीनवटा स—साना प्वाल बनाएर यो अप्रेसन गर्न सकिन्छ । दुखाइ कम हुने र बिरामी चाँडै घर जान सक्ने भएकाले आजभोलि डाक्टर, बिरामी सबैले यो विधिलाई खुबै रुचाएको पाइन्छ ।
के नेपालमा यो सम्भव छ ?
जरुर, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर छातीका सम्पूर्ण रोगको उपचार गर्ने नेपालको एक मात्र केन्द्रीय अस्पताल हो ।

नेपालबाट छातीका रोगको उपचार गर्न कोही नेपाली बिदेसिनु नपरोस् भन्ने ध्येयका साथ अत्याधुनिक प्रविधिसहित सेवा प्रदान गर्ने उद्देश्य बोकेको यस अस्पतालबाट छातीमा हावा भरिएर नेपालभरिबाट आउने थुप्रै बिरामीले उपचार पाइसकेका छन् ।

विगतमा प्रायः चिरेरै गरिनुपर्ने कतिपय अप्रेसन केही समययता दुई–तीनवटा प्वाल पारेर गर्न थालिएको छ । उपकरण, प्रविधि र उपचार सबै नै विश्वस्तरीय रहेको कुरा अहिलेसम्मको नतिजाले देखाएको छ ।

अन्तमा, पाठकवृन्द ! यी दुई मुख्य कुरा बुझिदिनुभए हाम्रो प्रयास सफल भएको ठान्नेछौँ । पहिलो : चुरोट नखाने वा छोडिहाल्ने गर्नुभयो भने छातीमा हावा भरिने रोग लाग्ने सम्भावना निकै कम भएर जान्छ ।

दोस्रो : योलगायत छातीका अन्य रोगको स्तरीय उपचार नेपालमा नै सरल, सुलभ र सस्तो ढंगले उपलब्ध छ ।

यो लेख डा. विभूषाल थापा र डा. रञ्जन सापकोटाले केही वर्षअघि संयुक्त रुपमा तयार गर्नुभएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय