स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तीका लागि दरखास्त आह्वान

सरकारले रमेशकुमार पोखरेलले राजिनामा दिएपछि रिक्त स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तीका लागि दरखास्त आह्वान गरेको छ ।

खुल्ला प्रतिस्पर्धाबाट छानिएका पोखरेलले मन्त्रालयले काम गर्न नदिएपछि राजिनामा दिएको बताएका थिए ।

तत्कालिन कार्यकारी निर्देशक रमेशकुमार पोखरेल असार १७ मा राजिनामा दिएका थिए ।

स्वास्थ्य मन्त्रालयले असार २२ मा अर्को व्यवस्था नभएसम्मका लागि राधिका थपलियालाई दिएको थियो ।

मन्त्रालयले १५ दिनको म्याद दिएर जारी गरेको सुचनामा छनौट भएको उमेदवारले आफूले पेश गरेको व्यवसायीक कार्ययोजना प्रस्तुतीकरण गर्नुपर्ने उल्ल्ेख छ ।

कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्साशास्त्र, जनस्वास्थ्य, वा स्वास्थ्यसम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिँल गरी कम्तिमा १० वर्षको अनुभव प्राप्त हुनुपर्छ ।

त्योबाहेक ४० वर्ष पुरागरी ६५ ननाघेको, बोर्डसँग स्वार्थ नबाझिएको हुनुपर्छ।

नयाँ ऐन जारी भएपछि सरकारले २०७५ मंसिर २३ मा स्वास्थ्य बीमा बोर्डमा नियुक्त पोखरेलको अझै साढे २ वर्षको कार्यकाल बाँकी नै थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय