बुटवल र पोखरामा गरि दुई कोरोना संक्रमितको ज्यान गयो

बुटवल र पोखरामा गरि दुईजना कोरोना संक्रमितको ज्यान गएको छ। बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका एकजना कोरोना संक्रमितको मृत्यु भएको हो।

भदौ १४गते भर्ना भएका ओमसतिया गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

डा. गौतमका अनुसार ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या थियो। अरु दीर्घरोग नभएपनि अवस्था चिन्ताजनक बन्दै गएपछि राती १२:३० बजे मृत्यु भएको गौतमले बताए।

कोरोना विशेष अस्पतालमा १६ जनाको आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको डा. गौतमले बताए।

यस्तै पोखरामा मृत्यु हुने पुरुष स्याङ्जाका बासिन्दा रहेका छन्। पुतलीबजार नगरपालिका १ का ८५ वर्षे वृद्धको शनिबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो।

ती पुरुषमा भदौ २४ मा कोरोना पुष्टि भएको थियो। उपचार गराउन पोखरा आएका उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना पुष्टि भएपछि उनलाई कोभिड उपचार केन्द्रको आइसियुमा राखिएकोमा शनिबार बिहान साढे ६ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए।

योसहित गण्डकीमा मृतकको संख्या २३ पुगेको छ। कास्कीका सात, गोरखाका चार, तनहुँ, नवलपुर र स्याङ्जाका तीन/तीन, म्याग्दी, लमजुङ र बागलुङका एक/एक संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय