५ वटा कम्पनीका ह्यान्ड सेनिजाइजरमा विषाक्त रसायन

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ २७ गते ९:२२

बजारमा बिक्री भइरहेका नेपाली कम्पनीका ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायनको मात्रा बढी पाइएपछि औषधि व्यवस्था विभागले त्यसको विक्रीवितरणमा रोक लगाएको छ ।

ती उत्पादनको नमूना संकलन गरेर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्डसम्बन्धी स्तर २०७६ विपरीत विषाक्त रसायन (मेथानोल) समावेश गरिएको भेटिएको विभागले जनाएको छ ।

जसमा नेपाल कायकल्प उद्योग भक्तपुरले उत्पादन गरेको इन्ट्यान्ट ह्यान्ड सेनिटाइजर, हाइजिङ सोप एण्ड केमिकल प्रा.लि काठमाडौंले उत्पादन गरेको इन्ट्यान्ट ह्यान्ड सेनिटाइजर ओरिजिनलमा पनि विषाक्त केमिकलको मात्रा बढी भेटिएको छ ।

विभागका अनुसार विषाक्त केमिलको मात्रा बढी पाइएको अन्य कम्पनीमा अथर केमिकल एन्ड फुड इन्डट्रिजले उत्पादन गरेको एड्भान्स एण्ड सेनिजाइजर, सर्ज केम कुम हर्वल प्रोडक्ससको उत्पदन इन्ट्यान्ट ह्यान्ड सेनिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्वल प्रोडक्सको उत्पादन सूर्यमुखी ह्यान्ड सेनिजाइजर हुन् ।

यस्ता रसायनले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारण यसको प्रयोग नगर्न नराउन र विक्रीविरतण रोक्न विभागले निर्देशन दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय