सुदूरपश्चिममा हालसम्म ६२१५ जनामा कोरोना संक्रमण, अझै ७५४ सक्रिय संक्रमित

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संक्रिय संख्या ७ सय ५४ पुगेको छ।

शुक्रबार प्रदेशका दुई वटा कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशका ९ वटै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ७ सय ५४ पुगेको हो। जिल्लाका सक्रिय संक्रमित संख्या मध्य कैलालीमा सक्रिय संक्रमितको संख्या पाँच सय नजिक पुगेको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार सम्म कैलालीमा ४ सय ६९ जना संक्रमित रहेका छन्। कैलाीमा १ हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएकोमा १ हजार ४ सय ९६ जना संक्रमण मुक्त भएका छन्।

यसै गरी कञ्चनपुरमा सक्रिय संक्रमित ४ सय ७१, डोटीमा ४९, दार्चुलामा ७, डडेल्धुरामा ५, बाजुरमा ९, बझाङमा ७३, बैतडीमा ५६ र अछाममा ४० जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हाल सम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय १५ जनामा संक्रमण पुष्टि भएकोमा ५ हजार ४ सय ६१ जना संक्रमण मुक्त भएर घर गएकाछन्। कोरोना संक्रमणका कारण प्रदेशमा ११ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय