पत्रकारका लागि स्वास्थ्य सुरक्षासामग्री सहयोग

हेल्थपाेस्ट/सुर्खेत
प्रकाशित
२०७७ भदौ २६ गते १८:३३

कोरोना महामारीबाट बच्नका लागि पत्रकारलाई ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिएको छ।

मनघरी फाउन्डेसनले सुर्खेतमा क्रियाशिल पत्रकारका लागि ज्याकेट (प्रेस लेखिएको) सहित केएन–९५ मास्क, स्यानिटाइजर र फेस स्लाइडलगायतका स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो ।

फाउन्डेसनका सल्लाहकारसमेत रहेका कर्णाली प्रदेशका स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल र महासंघको सुर्खेत शाखाकी उपाध्यक्ष माया थापालाई सहयोग सामाग्री हस्तान्तरण गरेका छन् ।

फाउन्डेसनले २०÷२० थानको दरले प्रेस ज्याकेट, केएन–९५ मास्क, स्यानिटाइजर र फेस स्लाइड सहयोग गरेको छ ।

कोरोना संक्रमणको जोखिमका समयमा पनि समाचार संकलनका लागि दैनिक खटिने पत्रकारको सुरक्षालाई ख्याल गरेर स्वास्थ्य सुरक्षालगायतका सामग्री सहयोग गरिएको फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय