सिटिइभिटीको सम्बन्धन खारेज स्वास्थ्य विषय पढाउने १३७ शिक्षालयबारे अझै अन्योलमा
भदौं २६ : प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटि) अन्तर्गत स्वस्थ्य विषयका प्राविधिक एसएलसी संचालन गर्ने शिक्षालयलाई व्यवस्थापन गर्नका लागि सिटिइभिटीले ठोस काम नथाल्दा यस्ता संस्थाहरु अन्योलमा परेका छन् ।
शिक्षालयको पूर्वाधारको अवस्था, बढुवा भएका कार्यक्रम संचालन गर्नसक्ने क्षमताका हेरेर मापदण्डसमेत बनाएर पूर्ण खारेजी वा अपग्रेडसम्बन्धी ठोस निर्णय गर्न ढिलाईले अन्योल थपिएको हो ।
यस्ता संस्थाका संचालकहरुले सम्बन्धन नै खारेज हुने अवस्थामा थुपै संस्थामा काम गरिरहेका जनशक्तिसमेत व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती परेको बताएका छन् ।
उनीहरुले अहिले पनि ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्ति यही तहको भएको भन्दै खारेजीको निर्णयमा पुर्नविचार गर्न माग गरिरहेका छन् ।
सम्बन्धन खारेजी नै हुने संस्थामा रोजगारी पाइरहेका जनशक्ति बेरोजगार हुने र नयाँ भर्ना नपाएपछि पढिरहेका विद्यार्थीको पढनपाठन र व्यवस्थापनमा समेत समस्या उत्पन्न हुनसक्ने दावी कलेजका संचालकहरुको छ ।
परिषद्ले भने, अहिले निषेधाज्ञा र महामारीका कारण ती संस्थाबारे ठोस निर्णय हुन/नहुनुले खासै फरक नपर्ने भएकोले ढिलाई भएको बताएका छन् ।
यद्यपि ती संस्थाबारे ठोस सुझाब दिनेगरी छिट्टै विज्ञ समिति बनाइने परिषद्का प्रवक्ता अनोज भट्टराईले जानकारी दिए ।
चिकित्सा शिक्षा ऐनमा टि एसएलसीका कार्यक्रमहरु फेज आउट गर्दै लाने भनिएबमोजिम यो वर्षदेखि अनमी, सिएमए, ल्याब असिस्टेन्ट लगायतका २ सय ३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज गरेको थियो ।
सिटिइभिटीका प्रवत्ता अनोज भट्र्टाइका अनुसार विद्यालयहरुसँग दुईवटा मात्र उपाए छन्। पहिलो खारेज भएरै जाने र दोस्रो अन्य विषय अन्य छानेर अपग्रेट गर्दै लाने ।
अपग्रेड गर्न पनि चिकित्सा शिक्षा ऐनअनुसार आयोगले तोकेका मापदण्ड पुरा गर्नुपर्छ ।
भट्टराईले हरेक विषयमा विद्यालयहरुले के/के मापदण्ड पूरा गर्नुपर्छ भनेर उल्लेख गरेको आधारमा विद्यालयले अपग्रेड गरेर सञ्चालन गर्न अनुमति दिइनेछ ।
अपग्रेडका लागि ठोस कामका लागि निषेधाज्ञा बाधक बनेको उनले जानकारी दिए । ‘विद्यालयहरुलाई गाहे भएको हामीले बुझेका छौं’ उनले भने ।
तर यस्तो समयमा विद्यालय सञ्चालन पनि नभएकोले ढिला नभएको उनको दावी थियो ।
टोलीले विद्यालयहरुलाई गाभ्ने, कुन विषय सम्बन्धन दिने भनेर छलफल भएपछि मात्र विद्यालयहरुलाई राहत मिल्ने उनको भनाई छ ।