लापरबाहीले ६२ मजदुरमा कोरोना संक्रमण भएको आरोप

बर्दियाको बाँसगढी नगरपालिकामा रहेको चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योगमा कार्यरत कर्मचारी तथा मजदूरमा कोरोना संक्रमण पुटि भएको छ। जसका कारण यतिबेला उद्योग नै सिल गरिएको छ ।

गत भदौ १७ गते एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वेवास्ता गर्दै उद्योगको कार्यलाई निरन्तरता दिएपछि त्यहाँ कार्यरत अधिकांश मजदूर तथा कर्मचारीमा कोरोना फैलिएको अनुमान गरिएको छ।

कोरोना नियन्त्रणका लागि उद्योगले पहिलो संक्रमित कर्मचारीको ट्रेसिङ्ग गरि संक्रमण फैलिन नदिनका लागि आवश्यक कार्य नगरेको मजुदरको आरोप छ।

उद्योगमा कार्यरत ६२ जना भन्दा बढि कर्मचारी तथा मजदूर कोरोना संक्रमित भइसकेका छन्। कर्मचारी तथा मजदूरहरुले कोरोना संक्रमित हुदाँ हुदैं तयार पारेको चाउचाउ बजारमा आउने तयारीमा रहेको छ ।

कोरोनाको हटस्पट बनेको बाँसगढी नगरपालिकामा गएको भदौ २२ गते देखि जारी गरिएको निषेधाज्ञा कायमै रहेको छ । स्थानीयबासीका अनुसार निषेधाज्ञा कडाइका साथ लागु नहुँदा झन् उच्च जोखिम बढेको छ।

यसैबीच सिजि उद्योगमा कार्यरत कर्मचारी र मजदूर कोरोना पाजेटिभ भेटिएपछि स्वास्थ्य कार्यालय बर्दियाले पोजेटिभ देखिएकाहरुका परिवारको पीसीआर टेस्ट गर्ने कार्यालय अगाडि बढाएको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जन स्वास्थ्य अधिकृत गोकर्ण गिरिले बताए।

उद्योगमा कार्यरत कोरोना पोजेटिभ भेटिएकाका आफन्त र घर परिवारको परीक्षणको गर्ने क्रम जारी रहेको छ । बर्दियामा कोरोना समुदायमा फैलिसकेको छ । पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपनि त्यस्ता अधिकाशं संक्रमितमा कुनै लक्षण भने देखिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय