उपत्यकामा थप ६९६ जनामा कोरोना, हाल सम्मकै उच्च संख्या

काठमाडौं उपत्यकामा शुक्रबार ६९६ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकामा पुष्टि भएको संख्या हालसम्मकै उच्च हो।

पछिल्लो २४ घन्टामा देशभर १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५१ हजार ९ सय १९ पुगेको बताए।

शुक्रबार देशभर १४ हजार ९ सय २५ संक्रिय संक्रमित र होम आइसोलेसनमा ६ हजार ६ सय ३४ जना रहेका छन। डा. गौतमका अनुसार आज ६ हजार ७८ जना क्वारेन्टाइनमा रहेका छन।

आज देशभर १७० जना संक्रमित आइसियु र २५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

गत २४ घन्टामा ९ सय ७२ कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ३६ हजार ६ सय ७२ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७१ प्रतिशत रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय