देशभर थप १ हजार ४५४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा देशभर १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५१ हजार ९ सय १९ पुगेको बताए।

आज थपिएको संख्या हालसम्म कै उच्च हो।

शुक्रबार देशभर १४ हजार ९ सय २५ संक्रिय संक्रमित र होम आइसोलेसनमा ६ हजार ६ सय ३४ जना रहेका छन। डा. गौतमका अनुसार आज ६ हजार ७८ जना क्वारेन्टाइनमा रहेका छन।

आज देशभर १७० जना संक्रमित आइसियु र २५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

गत २४ घन्टामा ९ सय ७२ कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ३६ हजार ६ सय ७२ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७१ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय