बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी सुस्ता गाउँपालिका वडा नं. ५ का ५५ वर्षीय पुरुष हुन ।

उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

गत भदौ १९ गते कोरोना विशेष अस्पतालको आइसीयूमा भर्ना भएका थिए। उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मधुमेह र उच्च रक्त चापको समस्या रहेको अस्पतालले जनाएको छ । यससँगै प्रदेश ५ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय