लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेललाई कोरोना संक्रमण

पाल्पाको लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। बुटवलको लुम्बिनी प्रादेशिक प्रयोगशालाले यसको पुष्टि गरेको हो।

उनी अहिले पाल्पा, प्रभासमा होम आइसोलेसनमा बसिरहेका छन्। उनको अवस्था सामान्य रहेको कलेजका सचिव निर्दोष खनालले बताए।

जनताको सेवा गर्ने क्रममा पोखरेललाई कोरोना संक्रमण भएको र अध्यक्ष पोखरेल चिकित्सकको परामर्श लिएर होम आइसोलेसनमा बसेको उनले बताए।

उक्त कलेजमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन रहेको छ । अध्यक्ष पोखरेल अग्रपंक्तिमा रहेर संक्रमितको उपचार सेवामा सक्रिय भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय