गैर कानुनी रूपमा न्याम्सको ओएनएम सर्भे भएको भन्दै कर्मचारी युनियनको विरोध

गैर कानुनी रूपमा न्याम्सको ओएनएम सर्भे गरी मन्त्रि परिषद्मा पठाइएको निर्णय प्रति चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कर्मचारी युनियनले विरोध जनाएको छ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै युनियनले गैर रूपमा भएको ओ एन एम सर्भे तत्काल खारेज गरि स्वायत्त संस्थामाथि हस्तक्षेप बन्द गर्नेको लागि आग्रह गरेको छ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो क्षेत्रधिकार भन्दा बाहिर गई गैर कानुनी रूपमा न्याम्सको ओ एन एम सर्भे गरी स्वीकृति लागि मन्त्रि परिषद्मा जाँदैछ भन्ने आधिकारिक व्यक्तिबाट पुष्टि भएको छ,विज्ञप्तीमा भनिएको छ,‘यसरी गैर कानुनी रूपमा भएको ओ एन एम सर्भे तत्काल खारेज गरि स्वायत्त संस्थामाथि हस्तक्षेप बन्द गरियोस ।’

प्रतिष्ठानलाई आवश्यक पर्ने कर्मचारी तथा पठन पाठन को लागि शिक्षकहरू प्रतिष्ठानको कार्यकारी परिषद् द्धारा ओ एन एम सर्भे गरि प्रतिष्ठान सभा द्धारा स्वीकृत गरि लागु गर्ने ऐनमा स्पष्ट व्यवस्था रहेको युनियनले जनाएको छ।

गत बैशाख १४ गते बसको मन्त्रि परिषद्को बैठकले पनि अत्यावश्यक सेवा बाहेकका संगठन तथा मन्त्रालयले गरेको ओ एनएम सर्भे पनि गैर कानुनी रहेको युनियनको आरोप लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय