बुटवल कोरोना अस्पतालमा सुस्ताका एक संक्रमितको मृत्यु

हेल्थपाेस्ट/बुटवल
प्रकाशित
२०७७ भदौ २६ गते १५:२४

बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी सुस्ता गाउँपालिका वडा नं. ५ का ५५ वर्षीय पुरुष हुन।

उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

गत भदौ १९ गते कोरोना विशेष अस्पतालको आइसीयूमा भर्ना भएका थिए।

उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मधुमेह र उच्च रक्त चापको समस्या रहेको अस्पतालले जनाएको छ। यससँगै प्रदेश ५ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय